नेपाल समाचार। ०९/१०/२०७८
काठमाडौँ -आज दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो तर ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । हाल उनी बालकोटस्थित निवासमै आइसोलेशनमा रहेका छन् ।
ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ। ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ ।
(Visited 2 times, 1 visits today)