निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही

सेयर गर्नुहोस्

नेपाल समाचार। ०७/१०/२०७८

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । साथै काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

अधिकृत सुवेदीले आफ्नो भनाइमा थपे , ‘यस्तो महामारीमा सरकारको निर्णय विपरीत केही विद्यालय खुलिरहेको भन्ने गुनासो आएको छ । हामीले तत्काल बन्द गर्न निर्देशन दिएका छौं । यदि बन्द नगरेको पाइए कारबाही गर्नेछौं ।’

महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *