उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द

सेयर गर्नुहोस्

नेपाल समाचार। ०७/१०/२०७८

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड हुने क्षेत्र भन्दै यसलाई बन्द गर्न भनिएको थियो ।

पाटन दरबार संग्रहालयका प्रमुख सुरेश लाखेले यसैपनि संग्रहालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही दिनदेखि संग्रहालयको सेवा प्रभावित भएको बताए । बिहीबारको प्रशासनको आदेशले संग्रहालय पनि बन्द गर्न भनेपछि अर्को सूचना जारी नभएसम्मको लागि शनिबारदेखि संग्रहालय बन्द गरिएको उनले जानकारी दिए ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *