नेपाल समाचार। ०७/१०/२०७८
राष्ट्रको नाममा शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ ।
गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए। सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
(Visited 4 times, 1 visits today)