माघ मसान्तसम्म लोक सेवाका लिखित परीक्षा स्थगित

सेयर गर्नुहोस्

नेपाल समाचार- ०६/१०/२०७८

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा र संगठित संस्थाका परीक्षा तय भएका थिए तर ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।

देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *