स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

सेयर गर्नुहोस्

नेपाल समाचार। ०४ /१०/२०७८

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए । तर यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।

तर, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव नेपाल बैठकमा उपस्थित नभएको स्थानीय तहको चुनावको मितिबारे निर्णय नभएको मा‌ओवादी नेता देवप्रसाद गुरुङले बताए । ‘संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो,’ गुरुङले भने ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *