बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार- ०३/१०/२०७८

१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका(२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् । छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटकपटक बालिकालाई बलात्कार गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *