नेपाल समाचार। ३०/०९/२०७८
अहिले सरकार र कलेज प्रशासनबीच केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा वार्ता भैरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको हो ।
वार्तामा विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् भने शिक्षामन्त्री र कलेज प्रशासनबीच शुल्कका विषयमा छलफल भैरहेको छ ।
वार्तामा शिक्षामन्त्रीसहित शिक्षा राज्यमन्त्री, शिक्षा सचिव, कलेज प्रशासनका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अभिभावक र उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको सहभागिता रहेको छ
(Visited 3 times, 1 visits today)