नेपाल समाचार। ३०/०९/२०७८
राजीव शेट्ठीको निर्देशन रहेको साउथ फिल्म ‘थिरिमाली’ नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ ।
साउथ फिल्म‘थिरिमाली’ नेपालको विभिन्न ठाउँ जस्तै पोखरा, काठमाडौं, लुक्ला लगायतका अन्ने स्थानमा छायाङ्कन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् । फिल्मले भारतबाट नेपाल घुम्न आएको तीन साथीको कथा देखाउनेछ ।
(Visited 3 times, 1 visits today)