नेपाल समाचार। २८/०९/२०७८
चौरपाटी गाउँपालिका–४ पायलका सुन्तला बोहरा नाम गरेकी एक महिलाको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको कुटानी पिसानी मिलमा धान कुट्ने क्रममा ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै सल बेरिएर ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।
(Visited 3 times, 1 visits today)