नेपाल समाचार। २८/०९/२०७८
सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान) का एक वरिष्ठ नेता मारिएका छन् ।तालिवान नेता खालिद बाल्टी ‘मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।
खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिवानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिवान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।
खोर्सानीलाई अज्ञात बन्दुधारीहरुले हत्या गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको मृत्युबारे तालिवानले अनुसन्धान सुरु गरेको जनाएको छ ।
(Visited 4 times, 1 visits today)