बढी मत भेटिएपछि एमखको मतगणना स्थगित

सेयर गर्नुहोस्

नेपाल समाचार। २८/०९/२०७८

खसेको भन्दा ३१ मत बढी भेटिएपछि नेकपा एमाले दैलेखको निर्वाचनमा मतगणना स्थगित गरिएको छ ।

सातौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनको निर्वाचन प्रक्रियामा फर्जी मत भेटिएपछि मतगणना स्थगित गरिएको छ । एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए । अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको छ । पुनः नेताहरुले निर्वाचन मण्डलको कार्यक्षमता माथि पनि प्रश्न उठाइरहेका छन् भन्ने मतदान गराउनेबारे प्रयास भइरहेको केन्द्रीय निर्वाचन आयोगले बताएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *