नेपाल समाचार- २७/०९/२०७८
सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह छन् ।
साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
(Visited 4 times, 1 visits today)