स्याङ्जामा ६ जना पक्राउ , गोली लागेर एक युवकको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार- २७/०९/२०७८

कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।

आँधिखोलाका रेवत पौडेल , धनबहादुर विक , भीमबहादुर सुनार र सुनिल विक समातिएका छन् । सोही ठाउँका साजन कामी र गोविन्द अधिकारीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताउनुभयो ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *