मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल

सेयर गर्नुहोस्

नेपाल समाचार- २७/०९/२०७८

अमेरिका – डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य भएको छ ।

प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ र उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन् । ‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन, अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो तर मैले अन्तिम विकल्प रोजे’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए । ’

शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो । प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *