होम ग्राउन्ड पोखरामा मनाङको ह्याट्रिक

सेयर गर्नुहोस्

नेपाल समाचार- २५/०९/२०७८

पोखरा- जारी ए डिभिजन लिग अन्तर्गत आफ्नो होम ग्राउन्ड पोखरामा आयोजित ८ औं चरणको खेलमा मनाङ मस्र्याङदी क्लबले च्यासल युथ क्लबलाई ५–० को गोलले पराजित गरेको छ । मनाङलाई अग्रता दिलाउन खेलको ३ मिनेटमा नै ओलावालेको पासलाई सदुपयोग गर्दै अलुवावुनमी सोमिडेले गोल गरे । दोस्रो गोलका लागि डिबक्स नजिकै पाएको फ्रिकिक सदुपयोग गर्दै विश्व अधिकारीले गरेको प्रहारलाई ओलावालेले हेडिङ गर्दै गोलमा परिणत गरे । ८६ औं मिनेटमा रुपेश केसीको कर्नरलाई डिफेन्डर दिनेश राजवंशीले हेडिङ गर्दै अग्रता तेब्बर पारे । मनाङको जितमा अफिज ओलावालेले ह्याट्रिक गरे ।

खेलमा ३–० ले पछि परे पनि लगातार अन्तिम समयसम्म आक्रामक खेलेको च्यासल खेलको अतिरिक्त समयमा थप २ गोल व्यहोर्न पुग्यो । ओलावालेले अतिरिक्त समयको ४ र ५ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे ।

खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार मनाङका अलुवालाले प्रप्त गरेका छन् र इमर्जिङ प्लेयरको उपाधि च्यासलका १९ वर्षीय खेलाडी आशीष राई घोषित भाए । मनाङ जितसँगै कुल ८ खेलमा ६ जित, १ बराबरी र १ हारका साथ १९ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान ८ खेल खेलेको च्यासल मात्र १ जित, २ बराबरी र ५ हारका साथ ५ अंकसहित लिगको १३ औं स्थानमा छ । च्यासलमाथिको जितसँगै मनाङले होम ग्राउन्डमा लगातार ३ खेल जितेको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *