टिपरको ठक्करबाट कलंकीमा मोटरसाइकल चालकको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार- २५/०९/२०७८

काठमाडौं- कलंकीमा बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *