बंगलादेशले न्युजिल्याण्डलाई घरेलु मैदानमा हराएर रच्यो इतिहास

सेयर गर्नुहोस्

नेपाल समाचार- २१/०९/२०७८

न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा बंगलादेशले आठ विकेटले जितेर इतिहास रचेको छ । बंगलादेशले न्युजिल्याण्डविरुद्धको क्रिकेट खेल अहिलेसम्म जितेको थिएन । घरेलु मैदानमा न्युजिल्याण्ड हारेको २०१७ पछि पहिलो पटक हो । २०१७ मा विलिंगटनमा न्युजिल्याण्डलाई दक्षिण अफ्रिकाले हराएको थियो ।

न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले १७ ओभरमा २ विकेट गुमाएर हासिल गर्‍यो ।

पहिलो पारीमा बंगलादेशले ४५८ रन बनाउँदा न्युजिल्याण्ड १३० रनले पछि परेको थियो भने दोस्रो पारीमा पनि न्युजिल्याण्डले १६९ रन मात्र बनाउन सक्यो । यो ऐतिहासिक जितको हिरो बंगलादेशका इबादत हुसेन बने । उनले ५६ रन खर्चिएर ६ विकेट झारे ।

हालसम्म बंगलादेश देश बाहिर ६१ टेष्ट म्याच खेलेको छ । यो बंगलादेशको छैटौं जित हो । यसअघि न्युजिल्याण्डसँग बंगलादेशले १५ टेष्ट म्याच खेलेको थियो । तीमध्ये १२ वटा खेलमा हारेको थियो भने तीनवटा ड्र भएका थिए ।

दुई वटा टेष्ट खेल खेल्न बंगलादेश हाल न्युजिल्याण्ड भ्रमणमा छ । टेष्ट श्रृंखलाको दोस्रो तथा अन्तिम खेल शनिबार क्राइस्टचर्चमा हुने छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *