नेपाल समाचार- २१/०९/२०७८
महोत्तरी – बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् ।
सोमबार सूचना जारी गरेर सोनमा गाउँपालिकाले एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मङ्गलबार सूचना जारी गरी मटिहानी नगरपालिकाले आजदेखि विद्यालय बन्द रहने जनाएको छ ।
सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउँछन् , मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने छ । मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताए ।
(Visited 4 times, 1 visits today)