नेपाल समाचार- १३/०९/२०७८
धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार राति विशेष सूचनाका आधारमा चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ।
बझाङबाट धनगढितर्फ आइरहेको से १ ज ७१८ को जिपको सिटमुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा चालक बझाङकै बुङगल नगरपालिका-११ का ४० वर्षीय गमीलाल बोहरा र २८ वर्षीय वीर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(Visited 3 times, 1 visits today)