अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने

सेयर गर्नुहोस्

२३ असार, काठमाडौं । पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ ।

अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु प्रभावित हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

अमेरिकाका विश्वविद्यालयहरुको एक प्रमुख आयस्रोत विदेशी विद्यार्थीहरु हुन् ।

अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुले कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका छन् । अमेरिकाको प्रतिष्ठित हार्बर्ड युनिभर्सिटीले पनि आफ्ना सबै कक्षा अनलाइनमार्फत् हुने घोषणा गरेको थियो ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *