एमाले संसदीय दलको बैठक आज, नेपाल समूह आन्तरिक छलफलमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-१३

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि गत ५ गते ओलीको अध्यक्षतामा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो । बैठकमा उपस्थित नभए पनि वरिष्ठ नेता नेपाल र झलनाथ खनालको नाम समेत उक्त समितिमा राखिएको थियो ।

आजको बैठकमा पार्टीभित्रको विवाद र संसद बैठकमा एमालेका सांसदहरू कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले निर्देशन दिँदैछन् ।

बैठकमा माधव नेपाल समूहका सांसदहरू पनि सहभागी हुने संस्थापन पक्षको अपेक्षा छ । तर बैठकमा के गर्ने भन्ने रणनीति तय गर्न माधव नेपाल समूहले छुट्टै भेला आयोजना गरेको छ ।

कलंकीमा आयोजना गरिएको भेलाले आवश्यक निर्णय गर्ने बुझिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्र व्यूँताएपछि तत्कालिन नेकपाभित्रको विवाद एमालेमा प्रवेश गरेको छ ।

अदालतले एमाले व्यूँताएपछि बहुमतमा पुगेका ओलीले फागुन २८ मा माधव नेपाल समूहलाई बाइपास गर्दै रामबहादुर थापासहितका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गर्दै सो समूहको जिम्मेवारी खोसेपछि एमाले विवाद चर्किएको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *