रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-१३

रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो । स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ ।

डेनमार्कमा कोरोनाभाइरसविरुद्ध लगाईंदै आएको अस्ट्राजेनिका खोप अझै तीन हप्ता नलगाइने भएको छ ।

खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय बिहीबार भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो । डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन् ।

खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठेपनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन् ।

डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले आगमी तीन हप्ता अर्थात अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेका छौँ ।”

आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

झण्डै ५८ लाख जनसङ्ख्या रहेको मुलुक डेनमार्कमा अहिलेसम्म दुई लाख २७ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *