रस अनलाइन खबर आज २०७७-१२-१२
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नर्वेले विजयी शुरूवात गरेको छ ।
बुधबार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नर्वेको जितमा एलेक्सजेण्डर सोर्लोथ, क्रिस्टियन थ्रोस्टभेद्ट र जोनस सेभेन्सनले एक एक गोल गरे ।
जितसँगै समूह जीको नर्वेले ३ अंक जोडेको छ । नर्वे समूहको शीर्ष स्थानमा रहेको छ ।
(Visited 4 times, 1 visits today)