अमेरिकामा २ करोड २८ लाखभन्दा धेरैले जिते कोरोना

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-१०

अमेरिकामा २ करोड २८ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टा ८८ हजार २८९ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड २८ लाख ४४ हजार ५६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९२५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५५ हजार ९४३ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ४४ हजार २७८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ५ लाख ७५ हजार ४९२ नाघेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *