यस्तो खानुहोस् : मोटोपन घटाउन

सेयर गर्नुहोस्

रस अनलाइन खबर-आज २०७७-०४-२६

अव्यवस्थित जीवनशैली र खानपिनले मोटोपनको समस्या हुनेहरू दिनप्रतिदिन बढिरहेका छन् । असहज तरिकाले बढेको मोटोपन घटाउन धेरै मानिस विभिन्न औषधिको प्रयोग गर्ने गर्छन् । तर, हामीले खानेकुरा र जीवनशैलीमा सामान्य परिवर्तन गर्न सकियो भने मोटोपनबाट बच्न सकिन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्न सबैभन्दा ठूलो कुरा जीवनशैली हुन्छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपन मात्र होइन, अन्य विभिन्न रोग पनि लाग्न सक्छ । त्यसैले खानपिन र व्यायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । मोटोपन नियन्त्रण गर्न खानपिनमा ध्यान दिनुपर्ने कुराबारे मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका सुझाब यस्ता छन्

भोक धेरै लागेको वेला कम क्यालोरी दिने खानेकुरा मात्र सेवन गर्नुपर्छ । यस्तो समयमा गाँजर, काँक्रो, कागतीको सर्बतलगायत फलफूल र जुस सेवन गर्दा फाइदाजनक हुन्छ ।

दिनभरिमा ३–४ पल्टभन्दा बढी केही पनि खानु हुँदैन । नियमित रूपले एउटै समयमा खाना खानुपर्छ । एकैपटकमा धेरै खाना खानु हुँदैन ।

खाना नखाएर मोटोपन घटाउने बानी गर्नु हुँदैन । यसबाट हाम्रो शरीरमा विकृति उत्पन्न हुन सक्छ । हामीले खानामा उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारण राख्नु हुँदैन । केही मरमसला प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।

बेलुकाको खान सबेरै खानुपर्छ । खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ ।

तौल घटाउन नियमित व्यायाम आवश्यक हुन्छ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । त्यसपछि व्यायाम गरेर नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

डाइटिङ सुरु गरेको एक–दुई हप्तासम्म छटपटी लाग्ने, मिठो, अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने हुन्छ । त्यस्तै निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने आदि लक्षण देखापर्न सक्छ । त्यसैले तौल घटाउने दृढ संकल्प लिएर सोहीअनुसार काम गर्नुपर्छ । सानातिना समस्यालाई सजिलै निराकरण गर्न सकिन्छ । प्रशस्त पानी पिउनुपर्छ ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *