रस अनलाइन आज २०७७-०४-२५
पोखरामा -एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी पोखरा महानगरपालिका वडा नं. १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
ती पुरुषको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ योसंगै कास्कीमा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या तीन जना पुगेको छ
यसअघि मधुमेहका बिरामी समेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
पोखरामा एक जना मृतक थपिएसंगै नेपालमा मृतकको संख्या ७४ पुगेको छ ।
(Visited 7 times, 1 visits today)