रस अनलाइन खबर आज २०७७-११-०६
सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो ।
बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति दिइएको छ ।
नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ ।
(Visited 5 times, 1 visits today)