भारतीय राजदूत क्वात्राले पनि लगाए कोरोनाविरूद्धको खोप

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-०३

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

क्वात्राले काठमाडौंको शिक्षण अस्पतालमा खोप लगाएका हुन् । उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

भारत सरकारले अनुदानमा १० लाख डोज ‘कोभिशिल्ड’ दिएपछि नेपालमा माघ १४ गते खोप अभियान सुरू भएको हो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मी, पत्रकार, कुटनीतिज्ञ तथा जनप्रतिनिधिलाई खोप लगाइँदै छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *