पोखराका पर्यटन व्यवसायीले लिए चिनीयाँ भाषा तालिम

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-२०

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पोखरामा कृयाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनीयाँ भाषा कक्षा तालिम दिएको छ ।

नेपाल आउने चिनीयाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका एक महिने आधारभूत चिनीयाँ भाषा कक्षा ताललि सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताउनुभयो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनीयाँ भाषा कक्षा तालिम बहुउपयोगी बन्ने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताउनुभयो ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *