भारतमा कोरोना खोप लगाएका ५२ जनामा समस्या

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-०४

भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।

पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो ।

स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।

उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा प्राथमिकताका आधारमा सरसफाईका कर्मचारीलाई स्वास्थ्यकर्मीलाई पहिलो चरणमा शनिबारबाट कोरोना भ्याक्सिन लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गरेका हुन् । भारतमा सुरु भएको अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भएको दाबी गरिएको छ ।

दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिएका छन् । भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाउन थालिएको हो ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *