रस अनलाइन खबर आज २०७७-१०-०४
आज मिति २०७७–माघ–०४, आइतबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १७, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।
तिथिः चतुर्थी घ.प. : ५:५९(९:२१), नक्षत्रः शतभिषा(१:५३) पर पूर्वाभाद्रपदा, योगः वरीयान्, करणः बब, आनन्दादी योग : राक्षस
चन्द्रमाः कुम्भ, सूर्यः मकर, अयनः उत्तरायण
सूर्योदयः ६:५८
सूर्यास्तः १७:३१
आजको राशिफलः
मेष. समग्रमा तपाइको आजको दिन सुखद रूपमा बित्ने देखिन्छ । मन प्रफुल्ल हुनुका साथै आर्थिक कारोबारमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्रशस्त मात्रामा मिल्ने सम्भावना रहेको छ ।
वृष. तपाईँको दिन त्यति राम्रो मान्न सकिँदैन । अनावश्यक खर्च र अपजस व्यहोर्नुपर्ने हुँदा मानसिक तनाव थपिनेछ । बोलीमा विचार पुर्याउन नसक्दा अर्को समस्या निम्तने भएकाले सावधानी अपनाउनुपर्ने समय रहेको छ ।
मिथुन. समग्रमा तपाइले आजको दिनमा पद प्रतिष्ठा बढ्नुका साथै सम्मान प्राप्त गर्ने समय देखिएको छ । नयाँ–नयाँ काममा मन जानेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ भने स्वास्थ्यले पनि तपाईँलाई साथ दिने छ ।
कर्कट. आजको दिन तपाईँलाई कष्टकर हुने देखिन्छ । आजको दिनमा तनाव र समस्या सिर्जना हुने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना रहेकाले होसियारी अपनाउनुपर्ने हुन्छ ।
सिंह. तपाईँको लागि आजको दिन राम्रै रहेको छ । आफन्त तथा साथीभाइको सहयोग मिल्नेछ । पुराना साथीहरूसँग भेटघाटको अवसर जुट्नेछ । अर्थ व्यवस्थापनमा सहजता र सहयोगीपनको भावना जागृत हुनेछ ।
कन्या. तपाइको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना छ । दुर्घटनाको सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने देखिन्छ भने बोलीमा सजगता अपनाउनुपर्ने दिन रहेको छ ।
तुला. आजको दिनमा रोजगारीको अवसर आउने समय रहेको छ । मिष्टान्न भोजनको योग देखिदा व्यापार व्यवसायबाट राम्रो हुने सम्भावना छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।
वृश्चिक. आजको दिनमा तपाईँको आत्मबल बढेर जानेछ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ भने सामाजिक कार्यमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
धनु. तपाइको आजको दिन सन्तोषजनक देखिन्छ । पारिवारिक स्थितिमा सुधार आउँदा दिनचर्या भने सुखमय तवरले बित्नेछ । मान–सम्मान प्राप्त हुँदा रोजगारीको अवसरहरू सृजना हुने सम्भावना रहेको छ ।
मकर. तपाईँको आजको दिन राम्रो देखिँदैन । पेटमा गडबडी हुने भएकाले स्वास्थ्यको मामलामा सावधानी अपनाउनुहोला । समस्या मात्र सृजित हुने भएकाले अलि विवेक र होस पु¥याएर मात्र काम गर्नुपर्ने समय रहेको छ ।
कुम्भ. तपाईँको आजको दिन राम्रो रहेको छ । व्यापार व्यवसायले सफलता दिँदा खुसीपूर्वक दिन बित्ने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरू प्राप्त हुनेछ । मानसम्मानपूर्वक नै तपाइको दिन व्यतीत हुने समय रहेको छ ।
मीन.आजको दिन राम्रो रहेको छ । नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । गरेका कार्यबाट जस प्राप्ति हुँदा सबैतिरबाट प्रशंसा पाइनेछ । स्वास्थ्यको साथ रहने हुँदा दैनिक कार्य सफलताका साथ सम्पन्न हुनेछ ।