थप ११ जनामा कोरोना संक्रमण गण्डकी प्रदेशमा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०४-२२

पोखरा  गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान साढे ६ बजे दिएको जानकारीअनुसार गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना संक्रमित फेला परेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको तर उनको पनि वडा नम्बर नखुलेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना कोरोना संक्रमित पुरुष फेला परेका छन् । तर उनीहरुको वडा नम्बर खुलेको छैन ।

यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । उनीहरु हुप्सेकोट गाउँपालिकाका भए पनि वडा नम्बर खुलेको छैन ।

यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

 

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *