बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ

सेयर गर्नुहोस्

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् ।

प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई सोमबार प्रकाउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको थियो ।

कलाकारहरूले कपी राइट सम्बन्धमा दिएको जाहेरीको आधरमा लिनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *