कास्की माछापुच्छ्रेका विद्यार्थीलाई न्यानो कपडा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२८

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङ्खोला स्थित माछापुच्छ्र्रे माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयका शिक्षक तथा अध्ययनरत भूपू विद्यार्थीले आफ्नो जन्मदिनमा स्वतस्फूर्त रुपमा गरेको आर्थिक सहयोग मार्फत सङ्कलित ५१ हजार सात सय त्रिपन्न रुपैयाँ मध्यबाट २६ हजार सय रुपैयाँको न्यानो कपडा खरिद नर्सरीदेखि ५ कक्षासम्मका ५० विद्यार्थीलाई वितरण गरिएको हो ।

न्यानो पोसाक प्राप्त गर्ने प्रत्येक विद्यार्थीलाई स्वेटर, टोपी र मोजाको सेट प्रदान गरिएको थियो । संकलित १० हजार पाँच सयको फूल र गमला र १० हजार पाँच सय रुपैयाँको खेलकूद रामाग्री खरिद गरिएको जानकारी उक्त विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले बताउनुभयो ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *