अमेरिकामा एकैदिन २ हजार १०७ संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१९

अमेरिकामा एकैदिन २ हजार १०७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५८ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ३२ हजार २२७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९ लाख ४ हजार ७०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २३ लाख ६१ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८१ लाख ८४ हजार ६३२ जनामध्ये २९ हजार २५८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *