सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुट्ने गिरोह समातियो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-१७

खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । थापाका अनुसार १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ उनीहरुको समूहले चाबहिलमा जबरजस्ती लुटपाट गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको एसपी ईश्वर कार्कीले बताए ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *