रस अनलाइन खबर आज २०७७-०९-१७
आज मिति २०७७–पौष–१७, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०१, २०२१ ।
तिथिः द्वितीया घ।प।६ः३(९ः२२), नक्षत्रःतिष्य घ।प।३४ः९, योगः वैधृति, करणः बब आनन्दादी योगः उत्पात
चन्द्रमाः कर्कट, सूर्यः धनु, अयनः दक्षिण
सूर्योदयः६ः५६
सूर्यास्तः १७ः१८
आजको राशिफलः
मेष. तपाइको आजको दिनमा सुखद तवरले नै बित्ने देखिन्छ । आफन्तजन तथा साथिभाइसँग आत्मियता बढ्नेछ । स्वास्थ्यमा राम्रो रहने छ । व्यपार व्यवसायमा उन्नति प्रगति हुने योग रहेको छ । सबैको राम्रो सहयोग तपाइले पाउनुहुनेछ ।
वृष. तपाइको आजको दिनमा परिश्रम गर्दा राम्रो प्रतिफल पाउने देखिन्छ । मानसम्मान प्राप्त गर्ने दिन रहदा गरेका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ ।
मिथुन. तपाइको आजको दिन त्यति राम्रो छैन । आफन्त तथा इष्टमित्रबाट नै धोका हुने देखिन्छ । नयाँ काममा हात नहाल्नुनै बेश हुनेछ ।मनमा नैराश्यता छाउनेछ । नयाँ यात्रा नगर्दा नै उत्तम हुनेछ ।
कर्कट. तपाइको दिनचर्या सुखमय तवरले बित्नेदेखिन्छ । अध्ययनमा प्रगति हुनेछ । सबैको साथ र सहयोग प्राप्त हुने हुदा हौशला बढ्नेछ । आर्थिक कारोबाट राम्रै हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुने योग रहेको छ । मिष्ठान्न भोजनको योग प्राप्ती रहेकोछ ।
सिंह. व्यवसायबाट राम्रो प्रगती हुने दिन रहेको छ । घरपरिवारको साथ सहयोगले गरेका कार्यहरु सहजरुपमा सम्पन्न हुने देखिन्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्य गर्नका लागि मन जाने देखिन्छ ।
कन्या.चारैतर्फबाट मानसम्मानको योग रहेको छ । मनोरञ्जनात्मक यात्रा हुने देखिन्छ । मन प्रफुल्लताका साथ दिन व्यतित हुनेछ । गरेका कामको सबैतिरबाट जसप्राप्ति हुनेछ । मन परेको सामाग्री उपहारको रुपमा पाइनेछ ।
तुला. तपाइको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । नयाँ कामकारबाही नगर्दा नै राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुदा बोलिमा सजगता अपनाउनुपर्ने देखिन्छ ।
वृश्चिक. उचित प्रतिफल प्राप्त गर्ने हुदा तपाइले गरेको व्यापार व्यवसायले खुसि दिने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरु प्राप्त हुनेछ । भोजन प्राप्तिको योग रहेको छ । मानसम्मानपूर्वक नै तपाइको दिन व्यतित हुने देखिन्छ ।
धनु.नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहीको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ ।
मकर. तपाइले गरेको काम सोचेअनुरुपमा नै सम्पन्न हुनेछ ।आर्थिक लात्र हुने देखिन्छ । गरेका कारोबारबाट प्रगती नै हुने देखिन्छ । साथिभाइसँग सम्बन्ध राम्रो हुनेछ । मन प्रफुल्ल हुने रहेको छ । काममा सन्तुष्टि आउनेछ ।
कुम्भ. चोटपटकको सम्भावना रहेकाले सावधानी अपनाएर नै अघि बढ्नुपर्ने देखिन्छ । तपाइको आजको दिनमा जस नपाउने हुदा बोलिमा होसियारी अपनाउनुपर्ने देखिन्छ । आर्थिक कारोबार गर्दा ध्यान पु¥याउदै सावधानीपूर्वक रहनुपर्ने देखिन्छ ।
मीन. मिष्ठान्न भोजनको योग रहेको छ । मान–सम्मान पाइनेछ भने अध्ययनमा रुचि देखिन्छ । प्रेमसम्बन्ध प्रगाढ हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नयाँ क्षेत्रमा मन जानेछ । समग्रमा तपाइको आजको दिन सुखद रुपमा बित्ने योग रहेको छ ।