अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-०५

अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ८९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८९ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८० लाख ७७ हजार ७६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ५ लाख ४५ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख ८ हजार ९२२ जनामध्ये २७ हजार ९६३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *