मोरङको मिक्लाजुङमा गोली हानी शिक्षकको हत्या

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२३

मोरङको मिक्लाजुङमा एक शिक्षकको गोली हानी हत्या भएको छ ।

मंगलबार बिहान ७ बजेतिर ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार घरबाट केही टाढा रहेको जंगलमा ३/४ जना नचिनेका व्यक्तिले लगेलगत्तै उनको बिहान ७ बजेतिर हत्या गरेका थिए ।

हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

मोरङको विकट पहाडी क्षेत्र मिक्लाजुङमा विप्लव समूहको शैन्य तालिम हुँदै आएको थियो । सोही क्षेत्रबाट विप्लव समूहका दुईजना नेता केही दिनअघि पक्राउ परेका थिए ।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *