पोखराको घार्मीमा महिला स्वास्थ्य स्वयं सेवक दिवस मनाइयो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-२१

१७ औं महिला स्वास्थ्य स्वयं सेवक दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

कोभिड १९ रोकथाम र समृद्घिका लागी संयुक्त कार्य, महिला सामुदायिक स्वास्थ्य स्वयं सेवक अपरिहार्य भन्ने नाराका साथ पोखरा १९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । वडाभित्र रहेका ३६ जना स्वयं सेविकालाई ५ समुहमा विभाजन गरी गरिएको क्वीज प्रतियोगितामा उत्कृष्ट समुहलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष शोभामोहन पौडेलले उत्कृष्ट समुहलाई पुरस्कार वितरण गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको वेलामा पनि महिला स्वास्थ्य स्वयं सेविकाले खेलेको भूमिमका प्रशंसनीय रहेको वताउँदै, स्वस्थ समाज निर्माणका लागी स्वयं सेविकाहरुलाई थप जिम्वेवार वनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लामाचौर स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्य, तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख टोल प्र. अधिकारी, वडा सदस्य कृष्ण गौतम, कोमल वास्तोला, कोपिला के.सी, शहरी स्वास्थ्य केन्द्र प्रमुख कमल पौडेल, महिला स्वास्थ्य स्वयं सेविका दुर्गा वस्नेत, टेकमाया वास्तोला लयायतले अझ पनि समुदाय स्तरमा स्वास्थ्य सम्वन्धी सचेतना वढाउन आवश्यक रहेको वताएका थिए ।

कार्यक्रममा वडाध्यक्ष पौडेलले लामाचौर स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेवक कोष संचालन समितिका अध्यक्ष सावित्री पाण्डे, तल्लाकोट स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयं सेवक कोष संचालन समितिका अध्यक्ष सिता गिरी र टेकमाया वास्तोलालाई उपहार प्रदान गर्नुभएको थियो ।कोषका लागी वडा सदस्य कोमल वास्तोलाले १५ हजार १५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । यसअघि वडाले स्वास्थ्य चौकीलाई थर्मागन, वि.पि सेट र सुरक्षा सामागी्र प्रदान गरेको थियो ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *