७० वर्षे वीरगञ्जका पुरुषको कोरोनाबाट मृत्यु,मृत्यु हुने संख्या ४३ पुग्यो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-४-८  

वीरगञ्ज– वीरगञ्जका ७० बर्षिय व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भए पश्चात कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका हो ।

डा. सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

ती पुरुषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो । अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो ।

ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए ।

१६ जनामा संक्रमित, ४ को अवस्था गम्भिर

डा सिंहका अनुसार मृतक पुरुषसँगै अन्य १६ जना व्यक्तिको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १६ जना नै वीरगञ्जका हुन् । उनीहरू मध्ये २ जना चिकित्सक भएको डा सिंहले बताए । उनका अनुसार नयाँ थपिएका १६ जना संक्रमितमध्ये ४ जनाको अवस्था गम्भिर छ ।

मृतक सहित १७ जनामा कोरोना पुष्टि भएको हो, १६ जना मध्ये उहाँहरू मध्ये २ जना चिकित्सक हुनुहुन्छ, ४ जनाको अवस्था गम्भिर छ, डा सिंहले भने, उहाँहरूलाई आइसीयूमा राखेर उपचार गर्नुपर्छ ।

डा सिंहका अनुसार अस्पतालमा नयाँ थपिएका १६ जना बाहेक पनि २९ जना संक्रमितहरू उपचारत छन् । ती मध्ये २३ जना संक्रमितमा कोरोनाको लक्षणहरू देखिएको छ । अस्पतालमा भएका २९ जना संक्रमित मध्ये २ जना आइसीयूमा उपचारत छन् ।

डा सिंहका अनुसार असार मसान्तसम्ममा अस्पतालमा सामान्य बिरामीहरू मात्र देखिएपछि साउनदेखि लक्षण भएका कोरोना संक्रमितहरू आउन थालेका छन् ।
साउन महिनादेखि वीरगञ्जमा लक्षण देखिएका र स्वास्थ्य अवस्था गम्भिर भएका संक्रमितहरू भेटिन थालेका छन्, डा सिंहले भने, हिजो थपिएका संक्रमितहरूलाई त राख्ने ठाउँ छ तर अब संक्रमित थपिएभने कहाँ राख्ने भनेर ठूलो चुनौती छ ।

५० शय्याको नारायणी अस्पतालमा १० वटा आइसीयू वेड छन् । वीरगञ्जमा लक्षण देखिएका तथा स्वास्थ्य अवस्था गम्भिर भएका बिरामीहरू आउन थालेकाले संक्रमित थपिदै गएमा व्यवस्थापनमा चुनौती रहेको डा सिंहले बताए ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *