उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१९

उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ ।

अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । उनीहरुको अवस्था सामान्य छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गाबहादुर तामांग, बिष्णुबहादुर मगर, शिवशंकर मोक्तांन, सागर मोक्तांन र नवीन मगर घाईते भएका छन । घाईते कटारीमा अस्पालमा उपचार भएको प्रहरीले जनाएको छ ।

यस्तै बम विस्फोटले एउटा स्काईभेटर र एक वटा मोटरसाईकलमा क्षति पुगेको प्रहरी ले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जानकारी दिए ।

बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यसअघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा विस्फोट नेपाली सेनाले डिस्पोज गराएको थियो ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *