फ्रान्सका पूर्वराष्ट्रपति दिस्तँको कोरोनाका कारण निधन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१८

फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको र बुधबार लुवास्थित आफ्नै घरमा उनको निधन भएको भ्यालेरी जिस्कार दिस्तँ फाउन्डेसनले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो । उनी ९४ वर्षका थिए । परिवारका सदस्यहरुका अनुसार भ्यालेरीको इच्छाअनुसार नै परिवारका केही सदस्यहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

फ्रान्सलाई आधुनिक मूल्यमान्यताअनुसार् अगाडि बढाउन प्रमुख भूमिका खेलेका दिस्तँ सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका थिए ।

सन् १९८१ मा राष्ट्रपति पदका लागि चुनाव लडे पनि उनी समाजवादी फ्राँस्वा मितेरँसँग पराजित भएका थिए । फ्रान्सली समाजको आधुनिकीकरण, गर्भपतनलाई वैधता, आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाउने तथा मताधिकार २१ वर्षबाट १८ वर्षमा झार्ने काम दिस्तँले गरेका थिए ।

साथै उनले जीवनभर युरोपेली मुलुकबीचको सहकार्यलाई जोड दिँदै आएका थिए । सन् २०१६ मा युरोपेली युनियनबाट बाहिरिने विषयमा जनमतस‌ंग्रह हुनुपूर्व उनले बेलायतलाई युनियनमै रहन पनि आग्रह गरेका थिए ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *