अमेरिकामा एकैदिन २ लाख ३ हजारमा संक्रमण

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१८

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३ हजार ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै हो ।

यसअघि गत मंसिर ६ मा त्यहाँ एकैदिन २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

करिव २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो वृद्धिसँगै १ संक्रमितको संख्या १ करोड ४३ लाख १३ हजार ९४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८४ लाख ६२ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ५५ लाख ७१ हजार ७२९ जनामध्ये २६ हजार १८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८३१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७९ हजार ८६५ पुगेको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *