उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-१६

उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल अछामका डा.अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्याधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।

विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गएराति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

रक्तस्राव निकै बढी भएको रहेछ, डा.भारद्वाजले भने, ढिलो गरी अस्पताल ल्याउँदा उनको मृत्यु भयो ।

उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *