रस अनलाइन खबर आज २०७७-०८-१०
काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरले सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापालाई पक्राउ गरेको हो ।
बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी खोसेर आक्रमण
गत असोज २९ गते सामान्य विवादका क्रममा सुरक्षा गार्ड मगरमाथि खुकुरी प्रहार भएको थियो ।
थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले अनलाइनखबरलाई जानकारी दिए ।
(Visited 33 times, 1 visits today)