बंगलादेशबाट फर्किएका सबै फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-९

बंगलादेशसंग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बंगलादेशबाट फर्किएपछि सोमबार खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र सबै २५ खेलाडीको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली फुटबल टिम गत बिहीबार बंगलादेशबाट स्वदेश फर्किएका थिए भने सबै खेलाडी सातदोबाटोस्थित एन्फाको होस्टलमा बसेका थिए ।

कोरोना नेगेटिभ आएपछि एन्फाले सबै २५ खेलाडीलाई घर जान दिएको छ । अब १५ दिनको आराम दिने एन्फाले जनाएको छ । आरामपछि खेलाडीले फेरि प्रशिक्षण सुरु गर्ने पनि एन्फाले जनाएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *