बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-०५

भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत मृत्यु भएको छ ।

दुर्घटना यति भयानक थियो कि जिपलाई काटेर शवहरु बाहिर निकाल्नु परेको थियो । प्रहरीका अनुसार मृतकहरुमध्ये १२ जना कुँडा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा हरसम्भव मद्दत गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *