मानव बेचबिखनमा सम्लग्न भएको आरोपमा पोखरामा ३ जना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२८

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महिलालाई बिभिन्न प्रलोभनमा पारी बेश्यावृत्तिमा सम्लग्न गराउने उदेश्यले घरको कोठामा पुर्याएको आरोपमा प्रहरीले कास्की मादी गाउँपालिका–१ खेलुङका २१ वर्षीय जीवन नेपाली, काभ्रेजिल्ला पाँचखल-४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र पोखरा-४ बगालेटोल निवासी ३० वर्षीया अन्जु गुरुङलाई कास्की प्रहरीले २६ गते पक्राउ गरेको हो ।

लेकसाइड स्थित एक घरको कोठामा दुई नेपाली महिलालाई राखी बन्दक बनाई शारीरिक तथा मानसिक यातना दिनुको साथै रकमको मोलमोलाई गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तरगत ८ दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । पीडित दुई महिलालाई मनोपरामर्श गरी संरक्षणमा केन्द्रमा राखिएको र आफन्तलाई बोलाएर जिम्मा लगाउने तयारी भएको प्रवक्ता हमालले जनाउनुभयो।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *